तनहुँबाट एसईई परीक्षामा छ हजार विद्यार्थी सहभागी हुने

काठमाडाैं | चैत १४, २०७९

तनहुँबाट एसईई परीक्षामा छ हजार विद्यार्थी सहभागी हुने फाइल तस्बिर

तनहुँ:  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा तनहुँबाट करिब छ हजार विद्यार्थी सहभागी हुने भएका छन्। यही चैत १७ देखि २९ गतेसम्म हुने उक्त परीक्षामा पाँच हजार ७६६ विद्यार्थी सहभागी हुने जनाइएको छ। 

 

नियमिततर्फ पाँच हजार ५३६, ग्रेड वृद्धिमा ७७ र प्राविधिक धारका १५३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ। जिल्लामा २६ वटा एसईई परीक्षा केन्द्र तोकिएको समन्वय एकाइका प्रमुख वसन्तराज पौडेलले बताउनुभयो। 

 

उहाँका अनुसार प्रत्येक परीक्षा केन्द्रमा पाँचदेखि १० जनासम्म सुरक्षाकर्मी खटाइनेछ। चारवटा माध्यमिक विद्यालयमा मात्र कक्षा ९ र १० मा प्राविधिक सञ्चालन हुने भएकाले प्राविधिकतर्फ विद्यार्थी सङ्ख्या न्यून रहेको जानकारी उहाँले दिनुभयो। सत्यवती माविमा कम्प्युटर इन्जिनियर, पञ्चमुनिदेव माविमा भेटेरिनरी, राम शाह माविमा सिभिल इन्जिनियरिङ र गाउँफर्क माविमा कृषि विषयको परीक्षा सञ्चालन हुनेछ। गुरुकुल संस्कृततर्फ साधारण संस्कृतमा १९ र संस्कृतमा ५३ जना विद्यार्थी परीक्षामा सहभागी हुने एकाइका शाखा अधिकृत विश्वप्रकाश रेग्मीले जानकारी दिनुभयो।

 

कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानिने भए पनि थप अध्ययनका लागि नयाँ बाटो खुला हुने भएकाले एसईईको परीक्षालाई महत्व दिने गरिएको छ। परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको छ।  

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्